लुम्बिनी प्रदेशका कृषिमन्त्री अहिरद्वारा राजीनामा

काठमाण्डु – लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सांसद अहिरले मुख्यमन्त्री जोखबहादुर महरासमक्ष राजीनामा बुझाएका छन् । राजीनामासँगै जसपाले कांग्रेस–एमालेको समीकरणमा सहभागी हुने निर्णय गरेको छ । लुम्बिनीमा जसपाका ३ प्रदेश सांसद छन् । समीकरण फेरिएर एमाले–कांग्रेसको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णयअनुसार…