नेतृत्वमा पढेको मानिस भए फरक पर्छ : सीके राउत

सुर्खेत – जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. सीके राउतले जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने वर्गले अध्ययनलाई महत्त्व दिनुपर्ने बताएका छन् । पहिलोपटक आयोजना गरिएको कर्णाली लिट्रेचर फेस्टिभल (कर्णाली साहित्य महोत्सव) अन्तर्गत ‘नेतृत्व र पठन’ विषयमा राखिएको सत्रमा वक्ताका रूपमा बोल्दै राउतले नेतृत्व वर्गले आफू र आफ्ना जनताका लागि ज्ञान लिनु जरुरी रहेको बताए ।…