काभ्रेपलाञ्चोक - पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो । पनौती नगरले गाई, भैँसीमा लाग्ने लम्पी स्किन तथा भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको खोप निःशुल्क लगाउने नगरका पशुपक्षी शाखा प्राविधिक अधिकृत लीलानाथ सापकोटाले बताए । पनौती नगर…