बाल्टिनमा डुबेर जोरपाटीमा एक बालिकाको मृत्यु

काठमाण्डु- गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरी सुमित्रा बडुवालको बाल्टिनको पानीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै शौचालयमा रहेको बाल्टिनमा डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।