काठमाण्डु– संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाइ दुर्घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झना तथा ४५औँ दिनको पुण्यतिथिको सन्दर्भमा आइतबार राजधानीमा आयोजित श्रद्धाञ्जली सभा तथा नेपालमा हवाइ सुरक्षा विषयक अन्तर्क्रिया बोल्दै मन्त्री पाण्डेले छानबिन समितिले औँल्याएका सवालबारे अध्ययन गर्न नयाँ समिति…