कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डु- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैँछ । कांग्रेस संसदीय दलको बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा आज दिउँसो ३ बजे बस्न लागेको हो । यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए…