काठमाण्डु- ‘तपस्वी’ रामबहादुर बम्जन (लिटिल बुद्ध) लाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनबाट सीआईबीले मंगलबार प्रक्राउ परेका लिटिल बुद्धलाई सार्वनिक गरेको हो । सेतो ज्याकेटमा देखिएका बम्जनलाई हत्कडीसहित सार्वजनिक गरिएको छ । त्यस्तै उनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको जनाइएकोछ ।…