काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा एमालेसँग राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा भएको सहमति कार्यान्वयनमा दृढता व्यक्त गरेको छ । बुधबार बसेको बैठकले एमालेसँग सत्ता समीकरण गर्ने सहमतिलाई अनुमोदन गर्दै विभिन्न ४ वटा निर्णय गरेको छ । असार १७ गते एमालेसँग भएको राष्ट्रिय सहमतिको सरकार गठनको सहमतिलाई बैठकले स्वागत गरेको छ ।…