प्रधानमन्त्री देउवाले दिए ऋषि सुनकलाई बधाई

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकोमा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन्। प्रधानमन्त्री देउवाले मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत् उनलाई महत्त्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका हुन् । साथै उनले लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उनीसँग काम गर्न आफू तत्पर रहेको बताएका छन्…