भारत र इङ्ग्ल्याण्डबीचको खेल वर्षापछि रोकियो, ८ ओभर सकिंँदा भारतले ६५ रन जाेड्याे

काठमाण्डु-  टी-२० विश्वकप क्रिकेटमा सेमिफाइनल अन्तर्गत भारत र इङ्ग्ल्याण्डबीचको खेल वर्षा भएपछि रोकिएको छ । नेपाली समय अनुसार बिहीबार राति सुरु भएको खेल वर्षापछि रोकिएको हो । टस हारेर पहिला ब्याटिङ गरिरहेको भारतले ८ ओभर सकिंँदा दुई विकेटको क्षेतीमा ६५ रन बनाएको छ । वर्षा रोकिएपछि फेरि खेल सुरु हुनेछ ।