नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि बढे समाज परिवर्तन सहज हुन्छ : आईजीपी कुँवर

काठमाण्डु – प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सक्यौं भने समाज परिवर्तन सहज हुने विचार व्यक्त गरेका छन् । ‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ काठमाण्डु फोहोर संकलन दौड अभियानका क्रममा शुक्रबार नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अभियानले स्वाभाविक रूपमा समाजमा…