पाल्पा – जिल्लाको रैनादेवी छहरा–२ सोमादी सर्देवामा टिप्पर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । सीजी कम्पनी माटो ओसारपोसार गर्ने क्रममा टिप्पर दुर्घटनामा रिब्दीकोट गाउँपालिका–१ ख्याहाका २४ वर्षीय शिरबहादुर पालुङ्गेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए । सीजी कम्पनी परिसरभित्र लु१क ३१६१ नम्बरको माटो बोकेको टिप्पर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको…