उपप्रधानमन्त्री श्रेष्ठ इरान प्रस्थान

काठमाण्डु – उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरान प्रस्थान गरेका छन् । एसिया को–अपरेसन डायलग (एसीडी) का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिन श्रेष्ठ इरान प्रस्थान गरेका हुन् । तेहरानमा सोमबार आयोजना हुने बैठकमा श्रेष्ठले सदस्य राष्ट्रका विदेश मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रीस्तरीय बैठकअघि मन्त्रालयको क्षेत्रीय संगठन…