पोखरामा सैनिक आवासीय महाविद्यालयको नयाँ भवन शिलान्यास

पोखरा – प्रधानसेनापति प्रभुराम शर्माले सैनिक आवासीय महाविद्यालय पोखराको नयाँ भवन शिलान्यास गरेका छन् । महाविद्यालयको १९औं वार्षिकोत्सवको अवसरमा शुक्रबार महाविद्यालयमा बीबीए पठनपाठनका लागि आवश्यक पर्ने भवनको शिलान्यास गरिएको छ । नेपाली सेनाको कल्याणकारी योजना मातहत सञ्चालित महाविद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच बीबीए पठनपाठनको औपचारिक थालनी भएको छ । कार्यक्रममा प्रधानसेनापति शर्माले महाविद्यालयको वार्षिक मुखपत्र फूलबारी…