नेपालद्वारा राष्ट्रसङ्घको कार्यक्रममा छुट्टै उच्चस्तरीय बैठक सञ्चालन

काठमाण्डु- कोप सम्मेलनमा भाग लिने क्रममा युएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ुहिमालः जलवायु सङ्कटबाट हामीलाई कसले बचाउँछ? विषयको उच्चस्तरीय गोलमेज बैठकमा आफ्नो सम्बोधनसहित अध्यक्षता गरेका छन्। नेपालले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घको कार्यक्रममा छुट्टै इभेन्टको अध्यक्षता गर्दै उच्चस्तरीय बैठक सञ्चालन गरेको यो पहिलो पटक हो। बैठकलाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विशेष सम्बोधन गरेका…