काठमाण्डु - मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध अख्तियारले मुद्दा चलाउने निर्णय गरेको छ । अर्याल भ्रष्टाचारका विभिन्न प्रकरणमा तानिएका थिए । उनिरुविरुद्ध आधा दर्जन मुद्दामा अख्तियारले अनुसन्धान गरिरहेको थियो । अर्यालविरुद्ध अन्तःशुल्क स्टिकर छपाइ प्रकरणसम्बन्धी अनियमिततामा मुद्दा चलाउने निर्णय भएको स्रोतले बतायो । अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी छ । अर्यालविरुद्ध टेरामक्स प्रविधि खरिद प्रकरण…