काठमाण्डु - सरकारले बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै दुई प्रहरी अधिकारीलाई निलम्बन गरेको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवार र सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशीलाई निलम्बन…