मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ गम्भीर घाइते

काठमाण्डु- झापाको मेचीनगर नगरपालिका–१५ मा आज मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । मेचीनगर-१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको…