काठमाण्डु – ईलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख डीएसपी ठगबहादुर केसी सम्मिलित घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रूपमा पेश गरिएका खिलेन्द्रसिंह जिसी ‘खेम’विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको कागजको प्रतिकूल हुने गरी बकपत्र गरेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो । रुपन्देहीस्थित तिलोत्तमा…