काठमाण्डु – बदलिएको राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभाका समिति सभापति र सचिवहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित कार्यकक्षमा सभाका ४ विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गरी समितिका बैठक तथा कामकारबाहीहरू नियमित गर्न निर्देशन दिए । छलफलमा राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापतिहरू मायाप्रसाद शर्मा, तुलसा कुमारी दाहाल, कमलादेवी पन्त…