काठमाण्डु- मध्यपूर्वबाट ८२ हजार बढी नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएका छन् । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८२ हजार १ सय जना नेपालीले विवरण दर्ता गराएका हुन् । शुक्रवार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिदैं प्रवक्ता लोकबहादुर क्षेत्रीले अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिब ६ हजार जनाले शुरुमा…