दाउन्ने क्षेत्रमा राति सवारी चलाउन रोक

काठमाण्डु- नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ। वर्षाका कारण सडक चिप्लो भएपछि दुर्घटनाको जोखिम हुने भएकाले रातिको समयमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। नारायणघाट-बुटवल सडक आयोजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी विकास खनालका अनुसार आज दिउँसोदेखि परेको वर्षाले दाउन्ने खण्डको सडक चिप्लो भई विशेषगरी ठूला मालवाहक सवारीसाधन…