अवरुद्ध बीपी राजमार्ग खुल्यो

काठमाण्डु - काभ्रेको रोशी खोलाको पानी पस्दा अवरुद्ध भएको बीपी राजमार्ग खुलेको छ । बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका खण्डका केही ठाउँमा गएराति रोशी खोला पसेको थियो । रोशी खोलाको पानी पस्दा काभ्रेको चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गामा सडक अवरुद्ध भएको थियोे । पहिरोले अवरुद्ध हेटौँडा र काठमाण्डुलाई जोड्ने कान्ति लोकपथ पनि खुलेको छ…