उत्तरी नाकामा नेपाल र चीनको संयुक्त सुरक्षा गस्ती

गोरखा- उत्तरी गोरखामा स्थापित बोर्डर आउटपोस्ट (बिओपी)को टोली र चिनियाँ सुरक्षाकर्मीको टोलीले पहिलो पटक संयुक्त सुरक्षागस्ती गरेको छ । गोरखाको चुमनुब्री गाउँपालिका–१ को साम्दोमा स्थापित बिओपीमा खटिएका सशस्त्र प्रहरीको टोली र चिनियाँ प्रहरी टोलीले शुक्रबार पहिलो पटक संयुक्त गस्ती गरेको हो । दुवैतर्फका सीमा सुरक्षा प्रहरीका इञ्चार्ज इन्स्पेक्टर नेतृत्वको टोलीले संयुक्त गस्ती गरेको हो ।…