लप्सीफेदीमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप, ९ जना घाइते

काठमाण्डु- काठमाण्डुको लप्सीफेदी नजिक प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा ९ जना घाइते भएका छन्। स्थानीयले ढुंगामुढा गर्दा डीएसपी देवराज राई सहित तीन जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । विद्युत प्राधिकरणले बनाउन लागेको लप्सीफेदी सब स्टेसन स्थानान्तरणको माग गर्दै आएका स्थानीय बासिन्दाले क्याम्प निर्माण गर्न आएको सशस्त्र प्रहरी बललाई अवरोध गर्न खोज्दा झडप भएको…