काठमाण्डु- मुलुकको सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाभित्र दुईवटा बसपार्क सञ्चालनमा आएका छन्। अरनिको यातायात प्रालिले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर काठमाडौँ महानगरपालिका ३२ जडीबुटीमा बसपार्क निर्माण गरेसँगै एउटै स्थानीय तहभित्र दुई बसपार्क सञ्चालनमा आएका हुन्। जापान सरकारले कामपा-२६ गोंगबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क निर्माण गरेर नेपाल सरकारमार्फत महानगरलाई…