चौथो वरियताका अर्याल मुख्यसचिव भएपछि सिनियर दुई सचिवको राजीनामा

काठमाण्डु – चौथो वरियतामा रहेका गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई सरकारले मुख्यसचिवमा बढुवा गरेपछि उनीभन्दा सिनियर दुई सचिवले राजीनामा दिएका छन् । बिहिबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गरेको थियो । बिहिबार दिउँसो नै प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट गृहसचिव अर्याललाई मुख्यसचिव भएर काम गर्न तयारी अवस्थामा बस्न भनेको…