काठमाण्डु- हिमालय एयरलाइन्सले चीनको सांघाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठूलो सहर सांघाईमा आजदेखि नियमित उडान सुरु गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९ः२० बजे १३७ यात्रुसहितको हिमालयको जहाज सांघाई उडेको हो । उक्त जहाज सांघाईबाट यात्रु लिएर आज राति ९ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ ।…