काठमाण्डु - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम दिनदिनै ओरालो लागिरहेका बेला अध्यक्ष युवराज अधिकारीविरुद्ध कर्मचारीहरूले विद्रोह थालेका छन् । आईतबार कार्यालय खुल्नेबित्तिकै नेपाल वायुसेवा निगम कर्मचारी संघले अध्यक्ष अधिकारीलाई हटाउन माग राख्दै आन्दोलन थालेको छ । संघले अध्यक्ष अधिकारीलाई हटाउनुपर्ने कारणहरू लिखित रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको छ । कर्मचारी संघले…