काठमाण्डु – सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल ‘रिगल’लाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहालाई बदर गरेको हाे । रिगललाई माफी दिने निर्णय अपराध पीडितको हक प्रतिकूल देखिएको अदालतको ठहर छ…