सर्लाही – जिल्लाको ईश्वरपुर नगरपालिका–२ भक्तिपुर मियाँखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा साइकल यात्रु स्थानीय ५५ वर्षीय महलाजिम अन्सारीको मृत्यु भएको छ । गाउँको सडकमा मोटरसाइकलले ठक्कर दिँदा साइकलमा हिँडिरहेका अन्सारीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय केरशगञ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताए । अन्सारीको शव प्रादेशिक अस्पताल मलङ्गवामा…