मकवानपुर - मकवानपुरको रातोमाटेमा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ५ः५५ बजेको समयमा हेटौँडा–१५ रातोमाटेमा ना १ क ६०५५ नम्बरको हाइड्रा क्रेन अनियन्त्रित भई सडकको छेउमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा–१५ रातोमाटे स्थित पूर्व पश्चिम सडक खण्डमा चुरियामाई तर्फ बाट हेटौडा तर्फ आउँदै गरेको…