काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेका छन् । संघको ११औं विश्व सम्मेलनबाट नवनिर्वाचित पदाधिकारीले आज पद तथा गोपनियताको शपथग्रहण गरेपछि अध्यक्ष तिमिल्सिनाले स्वागत गरेका हुन् । स्वागत गर्दै अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना दिएका छन् । अध्यक्षमा निर्वाचित बद्री केसीले पुरानो कार्यसमिति…