म्याग्दी - यसअघिका वर्ष सोह्र श्रद्धाको अवधिमा भ्याइनभ्याइ हुने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुराेहित श्याम रिजाल यसपालि फुर्सदिला छन् । “पोहोरपरार साल सोह्रश्राद्धको सबै तिथिमा भक्तजनले भरिभराउ हुने कागबेनीको श्राद्धस्थलमा यसपालि तीर्थालुको पातलो उपस्थिति छ”, उनले भने, “भक्तजन कम हुँदा हामीहरुलाई पनि कामको चाप छैन ।” दामोदर कुण्डबाट बगेर आएकी काली नदी…