इजरायलबाट नेपालीको शव ल्याउन ढिलाइ हुनसक्छ : परराष्ट्र मन्त्रालय

काठमाण्डु – परराष्ट्र मन्त्रालयले इजरायलमा हमासको आक्रमणमा परी मारिएका १० जना नेपालीको शव ल्याउन केही समय लाग्ने जनाएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालले इजरायलले शव हस्तान्तरण नगरेका कारण ढिलाइ हुने बताइन् । इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई लिन बुधबार राति नेपाल वायु सेवा निगमको जहाज प्रस्थान गर्ने जनाइएको…