काठमाण्डु - परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र नेपालका लागि इजरायली राजदूत हानान गोदरले इजरायल युद्धमा मारिएका विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । मन्त्री साउद तथा राजदूत गोदर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भइ इजरायलबाट आज ल्याइएका विद्यार्थी शवप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु…