कोषका कोषाध्यक्ष सुवेदीले नै कर्मचारीलाई पशुपतिको भेटी चोर्न भनेपछि…

काठमाण्डु– पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले पशुपतिनाथ मन्दिरको भेटी चोर्न कर्मचारीलाई अह्राउने गरेको पाइएको छ । पशुपतिको भेटी चोरेको आरोपमा प्रहरीले पक्राउ गरेका कोषका कर्मचारीहरूले आफूहरूले कोषका कोषाध्यक्ष सुवेदीको निर्देशनमा भेटी चोरेर उनैलाई बुझाएको बयान दिएका हुन् । भेटी चोरिरहेको अवस्थामा सोमबार साँझ प्रहरीले पक्राउ गरेका कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू…