काठमाण्डु — कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई पार्टी उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापामाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेलाई गुरुङ र थापामाथि छानबिन गर्न चुनौती दिएका हुन् । पाण्डेले भने, ‘हाम्रो पार्टीका उपसभापति र महामन्त्रीमाथि लाञ्छना लगाउनु भएको छ । उपसभापति…