काठमाण्डु – काठमाण्डु महानगरपालिकाले मापदण्डभन्दा धेरै प्रदूषण फैलाउने र धुवाँ फाल्ने गाडी धनीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । महानगरले सूचना निकालेर मापदण्ड विपरीत प्रदूषण सिर्जना गर्ने गाडीधनीलाई ३ लाख रुपैयाँसम्म जरिवाना गरी २ महिनाभित्र मापदण्ड बमोजिमको कार्य गर्न आदेश दिने जनाएको छ । दिएको आदेश बमोजिम कार्य नभएमा जरिवानाको तेब्बर अर्थात् ६ लाख…