तराईको अधिकतम तापक्रम ४० डिग्री नाघ्यो

काठमाण्डु – तराई–मधेशका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री नाघेको छ । शनिबार पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने पूर्वी तराईमा पनि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसकै आसपासमा पुगेको छ । तराई मधेशका धेरै जिल्लामा न्यूनतम तापक्रम पनि २७–२८ डिग्री सेल्सियसको आसपासमा रहेकाले रातमा पनि अत्याधिक गर्मी हुने गरेको…