काठमाण्डु- लागुऔषध मलद्वारमा लुकाएर लागुऔषध तस्करी गर्ने पाँच जना पक्राउ परेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बेल्टार बजारमा शरीरमा फ्रिजिङ गरी लागुऔषध भित्र्याउँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले चेकिङ गर्नेक्रममा चौदण्डीगढी नगरपालिका ६ का ३० वर्षीय बिनोद राईको साथबाट फेनारगन ५ एम्पुल, लेबल…