काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा डा वासुदेव त्रिपाठीलाई प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा मर्स्याङदी वाङमय प्रतिष्ठानले पहिलोपटक घोषणा गरेको एक लाख राशि र सम्मानपत्रसहितका सो पुरस्कार राष्ट्रपति पौडेलले त्रिपाठीलाई प्रदान गरेका हुन् । राष्ट्रकवि घिमिरेको परिवारले स्थापना गरेको अक्षयकोषबाट प्रतिष्ठानले नेपाली साहित्य र वाङमयका…