काठमाण्डु- प्रहरीले मानव तस्करीमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा कैलालीको गौरीगङ्गा नगरपालिका-२ घर भई हाल ललितपुर महानगरपालिका-७ झम्सिखेल बस्ने ४१ वर्षीय तेजराम चौधरी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार चौधरीले अमेरिका पठाइदिन्छु भन्दै केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने…