काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ । उनलाई अख्तियारको कार्यालय बुटवलको टोलीले १ लाख २० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको…