काठमाण्डु – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले पछिल्लो दशकमा महिला तथा बालबालिकाको अवस्थामा सुधार आए पनि अझै काम गर्न बाँकी रहेको बताएकी छन् । मन्त्रालयले प्रकाशन गरेको ‘नेपालमा लैंगिक समानता तथ्य र तथ्यांक’ शीर्षकको पुस्तक विमोचन गर्दै मन्त्री चौधरीले विभिन्न अध्ययनहरूले निकालेको निष्कर्षलाई समेट्दै प्रकाशन गरिएको पुस्तक सबैका लागि काम लाग्ने बताइन्…