वायु प्रदूषण नियन्त्रण गर्न माग गर्दै काठमाण्डुमा प्रदर्शन

काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकासहित देशभर बढेको वायु प्रदूषण नियन्त्रण गर्न माग गर्दै काठमाण्डुको माइतीघर मण्डलामा शनिबार प्रदर्शन गरिएको छ । नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले प्रदूषण नियन्त्रणका लागि दबाब दिन प्रदर्शन गरेको छ । युनियनका अध्यक्ष नेत्र चापागाईंको नेतृत्वमा प्रदर्शन गर्दै बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सरकारसँग माग गरिएको छ । प्रदर्शनकारीले…