काठमाण्डु – काठमाण्डु महानगरपालिकाले आज तीन वटा दमकल ल्याएको छ । तत्कालिन मेयर विद्यासुन्दर शाक्यको पालामा खरिद भएको दमकल आज काठमाण्डु महानगर आइपुगेका हुन् । काठमाण्डु महानगरका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको बताएका छन् । उनले भनेका छन्, ‘महानगरले आगलागीको रोकथाम र…