काठमाण्डु – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जानुअघि बैठक बसेको छ । आज शुक्रबारै प्रधानमन्त्री प्रचण्डले भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । अमेरिकाबाट प्रधानमन्त्री प्रचण्ड असोज ५ गते चीन जाने कार्यक्रम छ ।