काठमाण्डु– नेकपा (एमाले)को ११औं महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी इश्वर पोखरेलले एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने प्रतिक्रिया दिएका छन् । विहीबार अन्तिम मत परिणाम सार्वजनिक भएपछि उनले सबै मतदाताहरुलाई धन्यवाद पनि दिएका छन् । ‘आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र…