बाढी बस्तीमा पस्ने डरले रातभर सुत्दैनन् कुतियाकबरवासी

कञ्चनपुर - वर्षात्‌को पानीले किसानलाई राहत हुन्छ। तर, वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका बासिन्दाको भोक, निद्रा उडाउँछ। महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू। पानी परेको रात नसुती बस्छन्। उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ। ‘बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जाग्राम बसेर नदीमा…